उच्च सावधानी अपनाउन वडा अध्यक्ष चौधरी द्धारा वडावासीमा आग्रह


दाङ ११ । कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भैरहेकाले वेला त्यसको उच्च सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक अनावश्यक बाहिर न निस्कन लमही नगरपालिका अन्तर्गत वडा नं. ६ को कार्यालयले आफ्ना सम्पुर्ण वडावासीहरुमा आग्रह गरेको छ ।

कोभिड–१९ को प्रभाव निकै तिव्र रुपमा फैलिरहेकाले सम्पुर्ण वडा वासीहरुमा सजकता अपनाउन आग्रह गरिएको वडा नं.६ का वडा अध्यक्ष गणेशमान चौधरी वताउनु भएको छ ।

वडाध्यक्ष चौधरी ले वडावासीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै यसलाई सामान्यरुपमा नलिन समेत अपिल गर्नुभएको छ । यस्तै वडा अध्यक्ष चौधरी ले कोरोना भाईरसको लक्षण देखापरेको शंका लागेमा नजिकै को स्वास्थ सस्थामा सम्पर्क राख्न समेत अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार