चैत ११, दाङ । दाङमा स्थानिय प्रशासनले खाद्यान्न खरिद गर्ने समय विहान ६ देखी ९ बजे सम्म मात्रै तोकेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज जारि गरेको सार्वजनिक सूचनामा बिहान ६ देखी ९ बजे सम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदको समय तोकेको उल्लेख छ ।
कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी १८ गते बिहान ६ बजे सम्मका लागि दैनिक तीन घण्टाको समयलाई तरकारी तथा खाद्यान्न खरिद गर्ने समय निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिएका छन ।
प्रशासनले जारी गरेको सूचनालाई अटेर गरेर पसल खोल्ने र बाहिर निस्कनेलाई कानुन अनुसार कार्वाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ । कोरोनाको संक्रमणबाट बच्न घर बाहिर ननिस्कन, भेटघाट नगर्न, सरसफाईनमा ध्यान दिन समेत प्रशासनले आग्रह गरेको छ ।