सक्सेस एकाडेमीले एक हजार माक्स वितरण गर्ने


पूर्ण के.सी. चैत ११, दाङ ।

तुलसीपुर ९ बेलुवामा रहेको सक्सेस एकाडेमीले एक कार्यक्रमगरि करिब एक हजार बढी माक्स बितरण गर्ने जनाएको छ । स्कुले भोलि देखीनै अभिभावक , एवम् आम नागरिकको लागि माक्स बितरण गर्ने सक्सेस एकाडेमीका पृन्सीपल छवि कुमार वलिले बताए ।

मानवीय धर्म निभाउने भन्दै बजारमा माक्सको अभाव र लक डाउन भएको हुदा आफू आम सर्वसाधारणको लागि चिन्तित भैइ निस्वार्थ भावले यो कार्य गर्न लागेको बताए ।

बिद्यालयले समय सापेक्ष र उत्कृष्ट कार्य गर्दै आएको र यो बिपत्तिको बेला पनि सहयोग गर्ने पृन्सीपल वलिले बताए ।

देश रहे देशवासी रहने भन्दै कोरोना विरुद्ध विभिन्न सचेतताका कार्यक्रम पनि संचालन गर्दै आएको उनको भनाई छ । साथै उनले यो बेला सरकारलाई सहयोग गर्ने बेला रहेको र अटेरी पन छोडी सबै सचेत र सजक रहन पनि अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार