बबई पब्लिकले बितरण गर्यो माक्स


१२ चैत , दाङ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरणा भाइरस बाट बच्न दङ्गिशरण १ गोल्टाकुरिमा रहेको बबइ पब्लिक स्कुलले आफ्ना अबिभाबक विद्यार्थी हरुलाइ माक्स बितरण गरेको छ ।

बिधालयले बुधबार गोल्टाकुरी प्रहरी संग समन्वय गरि महामारी बाट बच्न अबिभाबक ,बिद्यार्थी र आम नागरिकहरुलाइ ७ सय माक्स बितरण गरेको बिधालयका प्रधानअध्यापक सुवास वलिले जानकारी दिए ।

कोरनाको कारण गाउघर समेत सुरक्षित नरहेको भन्दै सबै अबिभाबक बिद्यार्थी र आम नागरिकहरुलाइ बिधालयको तर्फबाट निशुल्क रुपमा आफुहरुले माक्स बितरण गरेको उनले वताए ।

त्यस अबसर कोरणा बाट बच्न हातधुने तरिका का साथै अत्या आवस्यक काम बाहेक घर बाहिर ननिस्कन घरपरिवार र बिद्यार्थी भाइ बहिनिहरुको विशेष ख्याल राख्न आग्रह गरिएको बिधालयका शिक्षिका सिता डागिले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार