शिव राज खनाल दाङ-१२/विश्वभर महामारीको रुपमा फैलीरहेको Covid-19 अर्थात Corona(कोरोना) virus को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल नेपालपनि उच्च जोखिमको सुचिमा रहेकाले काेराेनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहने र आफ्नो सरसफाइमा विशेष ध्यान दिने लगायतका विभिन्न चेतनामुलख सन्देशहरु पनी विभिन्न संचारमाद्यम बाट जनतालाई सचेत गराउने कार्य संचार माद्यम हरुले गरिरहेका छन ।
कोरोना छिर्न नदिने अनेकौँ प्रयास रहदा रहदै नेपालमा पनि तीन जना संक्रमीत बिरामी फेला परिसकेका छन। जस मद्य एक जना उपचार पश्चात् घरमा फर्की सकेको र बाकी २ जना को उपचार भैरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबार देखि ‘लकडाउन’ लागू गरेको छ । जनतालाई घरभन्दा बाहिर निस्किन दिइएको छैन तर कतिपय ठाउँ हरुमा भने फाट्टफुट्ट केही मानिस हरु बहिर निस्केको देख्न सकिन्छ । होटल, रेस्टुरेन्ट देखि सामान्य पसलहरु पनि खुलेका छैनन।
एउटा समुदाय कोरोना लाग्ला कि भन्ने डर ले त्रसित छन भने अर्को समुदाय लाई तेतिमात्र डर होइन , भोकभोकै मरिन्छ कि भन्ने पनि डरमा रहेका छन । ज्यालादारी काम गरेर दैनिक छाक टार्ने यी समुदाय यतिबेला घरबाट बाहिर निस्कनै नमिल्ने यो परिस्थितिमा सरकारको बेवास्तामा परेको छन ।
यसैबीच संचारकर्मी सङ फोनमा कुराकानी गर्दै मंगलबार लमही नगरपालिका वडा नम्बर ५ का लमहिमा ब्यबसाय गर्दै आउनुभएका ब्यापारी कमल जङ सिह ठकुरी ले यदि यो समयमा देउखुरीमा बस्ने दैनिक छाक टार्न मुस्किल परिरहेकालाई खाद्यान्न सहयोग गर्छु भन्दै जानकारी दिनुभएको छ । यदि जो कोहि यस्तो समस्यामा हुनुहुन्छ भने ९८५७८२०११५ सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।