लकडाउन का कारण मुस्लिम समुदाय ले घरमै नवाज पड्ने


शिव राज खनाल, दाङ्ग १३ नेपाल सरकारले लकडाउन गरेको प्रस्थितिमा मुस्लिम समुदाय अन्तर्गत हुन्मुस्लिम समुदाय नमाजका लागी शुक्रबार भेला नहुने भएका छन । शुक्रबार गरिमुस्लिम समुदाय का लागि महत्त्व पुर्ण दिन रुपमा लिइने गरिन्छ जसलाई उक्त समुदायले जुम्मा पनि भन्ने गर्छन् । सोही दिन मुस्लिम समुदाय हरु मस्जिदमा जम्मा भई नमाज (प्राथना) गर्ने गर्छन् ।

सरकारको लकडाउनलाई अात्मसाथ गर्दै उनिहरु अा-अाफ्नै घरमा नमाज पढ्ने छन् । नमाजका लागि देउखुरी क्षेत्रमा शुक्रबार मस्जिदमा २/३ सय जना उपस्थित हुने भएकाले सो कार्य सरकारको बिपरित हुने हुँदा लकडाउन अबधीभर उनिहरु घरमै बसेर नमाज पडने भएका छन् ।

नेपाल मुस्लिम सँघका केन्द्रिय सदस्य नवाफ अलि, मदर्श अहले सुन्नत फैजाने रजा का अध्यक्ष जमाल अली द्वारा बुधबार जारी गरिएको बिज्ञप्तीमा उक्त कुरा उल्लेख छ । नेपाल मुस्लिम सँघका केन्द्रिय सदस्य नवाफ अलिले भने सरकारको लकडाउन लाई पुर्ण समर्थन गर्दै हामी शुक्रबार मस्जिदमा उपस्थित हुने छैनौ,हामीले सबै मुस्लिम समुदायलाई सोही अाग्रह गरिरहेका छौँ ।

साथै उनले लकडाउनको अबधीमा समस्यामा पर्ने मानिस हरुलाई खाद्यान्न सहयोग गर्नेपनि बताए । मदर्श अहले सुन्नत फैजाने रजा लमहीले लकडाउनले गर्दा समस्यामा परेका परिवारका लागि खाद्यान्न सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार