दाङमा घरभाडामा बस्ने नर्सलाई घर बाट निकाले , घरबेटी प्रहरी नियन्त्रणमा


पूर्ण के.सी. चैत , १८, दाङ । घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेपछि प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ ।

कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरबाट निकालेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरबेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराइले सञ्चारमाध्यममा समाचार आएपछि आफै चासो ब्यक्त गर्दै डेराबाटै नर्स निकालेको आरोपमा घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीले घरबेटी आचार्यलाई समातेर ल्याइसकेको र कानून बमोजिम कारबाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार