नेबिसघका नेता गौतमद्वारा ८० बिपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण


चैत १९, दाङ । नेपाल विद्यार्थी सघ साबिक क्षेत्र न ५ का निबर्तमान उपसभापती प्रदिप गौतमले ८० बिपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेका छ्न । निबर्तमान उपसभापती गौतमको ब्यक्तिगत सहयोगमा बुधबार एक कार्यक्रमका बिच उक्त सामाग्री बितरण गरिएको हो ।

बिस्वमै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभीड १९)को विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै गौतमले तुलसीपुर उपमहानगरपालिका वडा न ८ का विभिन्न टाेल/टाेलमा पुगेर बिपन्न परिवारलाई उक्त सामाग्री सहयोग गरेका हुन ।
प्रत्येक बिपन्न घर परिवारलाई नुन,तेल,चामल,साबुन र मास्क गरि करिब ४० हजार बराबरको सामाग्री बितरण गरेको गौतमले जानकारी दिए ।

खाद्यान्न सामाग्री बितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का सदस्य गौतमि कार्की,नेपाली काग्रेस दाङका जिल्ला सदस्य जितबहादुर केसी,क्षेत्रिय प्रतिनिधि निर्मल गौतम,डिल्ली बिक लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली काग्रेस वडा न. ८का इकाई सभापति लीलामणि गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार