चैत्र २१, काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड(१९) संक्रमितको संख्या ६ पुगेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेका हुन् । छैठौं संक्रमित गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका हुन् ।
अहिले पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन ।