देविराम कुसारी/फुलवारी, चैत्र २० । तुलसिपुर उप-महानगरपालिका १३ फुलवारीले राहातका लागि काेराेना लकडाउनकाे समस्यामा परेका विपन्न परिवार छनाेट गरेकाे छ ।
सुरक्षा समितिका अध्यक्ष डम्वर बहादुर न्याैपानेकाे अध्यक्षतामा वसेकाे वैठकले हाज त्यस्ताे निर्णय गरेकाे समितिका सदस्य सचिव विनाेद पाण्डेले जानकारी दिनुभएकाे छ ।
काेराेना कहरका कारण सरकारले गरेकाे लगडाउनमा दैनिक छाक टार्न समस्या परेका परिवारकाे छनाेट गरी तुलसिपुर उप-महानगरपालिकामा पठाएकाे समितिका सदस्य हरिहर पाैडेलले जानकारी दिनुभएकाे छ।
वडामा रहेका टाेल विकास सिमितले सिफारीस गरेर वडा कार्यालयका पठाएका परिवारलाई नै अाफुहरुले छनाेट गरी पठाएकाे सदस्य पाैडेलले जानकारी दिनुभएकाे छ । यसरी छनाेट गरि पठाएका परिवारलाई दुई चरणमा रहात वितरण गरिने जनाईएकाे छ ।