unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासंघले काठमाण्डौ प्रेस डट कममा प्रकाशित समाचार हटाएको घटनाको भर्त्सना गरेको छ ।

महासंघले बिहीबार विज्ञप्ति निकालेर काठमाण्डौ प्रेसमा छापिएको खबर हटाउन दबाब दिइएको र नमानेपछि अनलाइनको प्राविधिक सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुसँग सम्बन्धित समाचार प्रकाशित भएपछि समाचार हटाउन दबाब दिइएको र नमानेपछि समाचार हटाउनुका साथै केही बेर अरु समाचार पोष्ट गर्न पनि नमिल्ने बनाइएको भन्ने महासंघलाई जानकारी गराइएको महासंघले जनाएको छ