सल्यानको कपुरकोटमा १६ घरपरिवारलाई राहत वितरण


चैत्र २१, सल्यान । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु भएको छ । विहिबार कपुरकोट गाउँपालिकाको वडा नम्बर २ मा १६ घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण गरिएको अध्यक्ष भिम बहादुर सेनले जानकारी गराए ।दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई राहत वितरण कार्य शुरु भएको उनले जनाए । कपुरकोट २ गर्पा स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार २५ किलो चामल, एक एक किलो दाल, नुन, एक लिटर तेल र एक पिस साबुन वितरण गरिएको हो ।गत चैत्र १६ गते नै बैठक बसेर सम्बन्धीत वडा कार्यालय मार्फत विपन्न वर्गको पहिचान गरेर विवरण संकलनको काम शुरु गरिएको जनाउदै अध्यक्ष सेनले जस अनुसार विहिबार वडा नम्बर २ का १६ घरपरिवारलाई राहत उपलब्ध गराइएको र वडा नम्बर ३ र ४ मा शुक्रबार राहात वितरण गरिने जानकारि दिए । उनले गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा १० लाख ८२ हजार रुपैयाँ रहेको र यसबाटै राहत वितरण तथा कोरोना रोकथामका क्रियाकलापहरु संचालन गरिने बताए । यसैविच गाउँपालिकाबाट नुन, तेल, चामल पाएपछि विपन्न वर्गहरुले राहातको महसुस गरेका छन् ।

विकट वस्ती सिमलकुना निवासि पम्फी बुढाले घरमा सबै खानेकुरा सकिएर चिन्तामा परेको बेला गाउँपालिकाले राहत उपलब्ध गराउँदा सरकार भएको महसुस गरिएको बताइन् । यस्तै दैनिक मजदुरी गरेर दुई छाक टार्दै आएका कपुरकोट २ का पदम बहादुर बुढाले पनि राहत पाएपछि खुसि ब्यक्ति गरे ।राहत वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष मान बहादुर राना, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, स्वास्थय शाखा संयोजक अरुण दाहाल, हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेन, विरेन्द्र मावि गर्पाका अध्यक्ष ओम बहादुर बुढा लगाएतले बोल्दै कोरोनाबाट जोगिन लकडाउनलाई कार्यान्वयन गर्न र स्वास्थयकर्मीले दिएका सुझाव पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २१ गते शुक्रवार