चैत्र २१, सल्यान । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीमा केन्द्रजस्तै सल्यान जिल्लामा पनि शिर्ष नेताहरूकाे गुट भएकाे पहिल्य देखिनै हाे । याे स्थित अझै राेकिएकाे छैन् । गुटभित्रका उपगुटहरू पनि जिल्ला भित्र थुप्रै छन् ।
शिर्ष नेताहरूकाे जिल्लामा अहिले प्रश्ट रूपमा देखिएका दुइवटा गुट छन् । एउटा केन्द्रिय सदस्य टेकबहादुर बस्नेत र अर्काे गुट केन्द्रिय सदस्य प्रकाश ज्वालाले लिड गरेका छन् । अर्का केन्द्रिय सदस्य गुलावजंग शाह बाहिरी रुपमा बस्नेतकै लाइनमा भएपनि भित्री रुपमा अर्काे तेस्राे गुट बनाउन थालेकाे चर्चा सुनिन्छ ।
बस्नेत पुर्व माओवादीका नेता हुन भने अहिले उनि प्रतिनिधि सभाका सदस्य समेत रहेका छन् । त्यस्तै ज्वाला पुर्व एमालेका नेता हुन्र भने उनि अहिले सल्यान प्रदेश सभा (ख) का सदस्य तथा कार्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री रहेका छन् । अहिले सल्यान जिल्लाकाे नेकपा तथा विभिन्न सरकारी कामकाजमा यीनीहरूकै पहलकदमी चल्छ ।
कुरा हाे शुक्रबारकाे । आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख राजनितीक सल्लाहाकार भीम प्रकाश शर्माले कर्णाली प्रदेश सरकार र व्यक्तीगत तर्फबाट सल्यानकाे बागाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकालाई काेराेना भाइरसबाट बच्ने अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।
उनिहरुले बनगाडमा १० सेट पीपिई, दुई हजार थान सर्जिकल मास्क र एक कार्टुन सिटामोल लगायतको औषधी हस्तान्तरण गरे । कुमाखमा पनि १० सेट पीपिई, एक हजार पाँच सय सर्जिकल मास्क र सिटामोल सहितको एक काटुर्न औषधी हस्तान्तरण गरे ।
उनिहरूले उक्त हस्तान्तरण गरेकाे कुरा फेसबुकमा पाेष्ट गरे भने त्यहि कुरालाइ आधार मानेर केहि अनलानइनहरूले पनि समाचार बनाए । तर याे कुरा फेसबुकमा सार्वजनिक भएलगतै प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले फेसबुकमा एउटा स्टाटस लेखे । जसकाे इङ्कित ज्वाला र शर्मालाइ थियाे । ज्वाला बस्नेत गुटका प्रतिद्वन्दी हुन भने शर्मा ज्वाला गुटकै हुन् ।
दुवैले सहयाेग गरेपछि बस्नेतले “आजभाेली कर्णाली प्रदेश सरकारमा स्वास्थ्य सामाग्री स्थानीय तहमा वितरण गर्ने सामाजिक विकास मन्त्रीले हाे वा अरु कुनै फेसबुकले ?” याे स्टाटस बस्नेतले पाेस्ट गरेपछि जहाँ कमेन्ट पनि थुप्रै आएका छन् । देशमा भएकाे काेराेना संकटकाे बेला सहयाेग सबैले गर्न सक्ने भन्दै कमेन्टमा सांसद बस्नेतकाे आलाेचना समेत भएकाे छ ।
हेर्नुहाेस सांसद बस्नेतकाे स्टाटसमा आएका कमेन्टहरु