चैत्र २२, सल्यान । सल्यान जेसिसले विपन्न बर्गका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । शनिबार शारदा नगरपालिका अन्तरगत शान्तिनगर, दारिमचौर भगवती खोला, दोमटी लगाएतका स्थानमा गरेर १ सय ६२ घरधुरीलाई राहत वितरण गरिएको हो ।
लकडाउन शुरु भएपछि दैनिक काम गरेर खाने विपन्न बर्गहरुलाई दैनिकी चलाउने समस्या भएकाले खाद्यन्न बितरण गरिएको सल्यान जेसिसका अध्यक्ष घनश्याम अधिकारीले बताए । चामल, दाल, नुन, तेल लगाएतका सामाग्रीहरु वितरण गरिएको उनको भनाई छ ।
जिल्लाका विभिन्न ठाँउ तथा जाजारकोट, बिरगन्ज लगाएतका स्थानमा घर भएर जिल्लामा बस्दै आएका उनीहरुलाई राहत वितरण गरिएको हो । राहतको लागी १ सय ३१ जनाले आर्थिक सहयोग र ४ जनाले जिन्सी सामान सहयोग गरेका थिए ।
संकलित २ लाख ५० हजार ७ सय ७८ रुपैँयाबाट खाद्यान्न सामाग्रीहरु खरिद गरेर वितरण गरिएको सल्यान जेसिसका कोषाध्यक्ष दिपक बोहराले जानकारी दिए ।