कैलालीका कोरोना संक्रमित युवासंगै आउने दाङका १० जना युवा सम्पर्कमा आए


चैत २३, दाङ । कैलालीका कोरोना संक्रमित युवासंगै आउने दाङका १० जना युवा सम्पर्कमा आएका छन् । लकडाउनको समयमा गौरीफन्टा नाका हुँदै नेपाल आउने युवाहरु सम्पर्कमा आएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

दाङका दश जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासंगै भित्रिएको भन्ने समाचार आएपछि सम्बन्धित पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन् । सम्पर्कमा आएका उनिहरुलाई बेलझुण्डीको कोरोना विषेश अस्पतालमा लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका–४ का ६ जना, लमही नगरपालिका–५ का २ जना र राजपुर गाउँपालिका–६ का २ जना रहेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार