सल्यान, सुर्खेत र जाजरकोट जोड्ने झुलुङ्गे पुल बन्द


चैत्र २४, सल्यान । सल्यान, सुर्खेत र जाजरकोट जोड्ने भेरी नदिको झुलुङ्गे पुल बन्द गरिएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ ले उक्त पुल बन्द गरेको हो ।

वडाअध्यक्ष प्रतिमल वुढाले विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको जानकारी दिए । यस वडाको सिमाको ४ क्षेत्र बाँखर्क, छेडावजार, आलि र राइरामा झोलुंगे पुल रहेका छन् । उक्त क्षेत्रबाट आवतजावतमा रोक लगाएको उनले बताए ।

लकडाउन अवधिभर आफ्ना नागरिक पनि जान नदिने र उताबाट पनि आफ्नो क्षेत्रमा प्रवेश निषेध गरिएको वडा कार्यालयका भनाई छ ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार