कोरोना संक्रमितसँगै गौरीफन्टा नाकाबाट सल्यान आएका अर्का युवालाई अस्पताल पुर्‍याइयो


चैत २४, सल्यान । नेपालमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण पुष्टि भएका २१ वर्षीय युवासँगै भारतको गौरिफन्टा नाकाबाट नेपाल आएका सल्यान जिल्ला बागचौर नगरपालिका १० का २१ वर्षीय एक युवालाई स्वास्थ्य जाँचको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

गौरीफन्टा नाकाबाट आएका व्यक्तिको सूचना पाएपछि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी र इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादे सहितको टिम खड्काको घर पुगेर खड्का, उनका ६६ वर्षीय बुबा र ६१ वर्षीय आमालाई गाडीमा राखेर जिल्ला अस्पतालमा पठाइएको बागचौर नगरपालिकाका सूचना अधिकारी तीर्थ राज डाँगीले जानकारी दिएका छन् ।

ती व्यक्ति घरमा बुबा र आमासँग मात्रै बसेको पाइएको सूचना अधिकारी डाँगीले बताए । उनीहरूको स्वाव सङ्कलन गरेर कोरोना भाइरसको परीक्षणको लागि पठाइदिने बताइएको छ । गौरीफन्टा नाकाबाट आएका मध्य सल्यान जिल्लाका दुईजना रहेका थिए ।

अर्को एक जना शारदा नगरपालिका ८ का २१ बर्षिय युवा बर्दिया जिल्ला बडैयाताल गाउँपालिकाको वडा नम्बर ९ थेसनपुरमा रहेको शिबशक्ती आधारभुत बिद्यालयको क्वारेन्टाइनमा छन् ।

याे पनिः गौरीफन्टा नाकाबाट कैलालीका कोरोना संक्रमितसँग सल्यानका एक युवा पनि सँगै आएको पुष्टि

यस अगाडि पनि सल्यानमा कोरोना भाइरस संक्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो । जसमा बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका एक जना रहेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार