युनाइटेड युथ क्लव तुलसीपुरले राहत वितरण गर्‍यो


चैत २५, दाङ । युनाइटेड युथ क्लव तुलसीपुर दाङले आज बालबालिका र जेष्ठ नागरिकहरुलाई राहत वितरण गरेको छ ।

तुलसीपुरमा रहेको दिदिघर बाल आश्रम र बृद्ध सेवा समितिलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न राहत वितरण गरेको क्लबका उपाध्यक्ष सुनिलबाबु डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार