दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो


चैत २७, दाङ । माछा मार्ने क्रममा करेन्ट लागेर दाङको बिजौरीमा एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निबासी ३७ बर्षका बलबहादुर थापाको मानपुरे कुलामा माछा मार्ने क्रममा करेन्ट लागेर सवा १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाईते भएका थापालाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।  कुलामा जोडेको विद्युतिय तार सर्ट भएका कारण  करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार