नेपालमा हालसम्म कति जनाको भयो कोरोना परिक्षण ?


चैत्र २८, काठमाडौँ । नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको बताइएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए ।

२४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९ नमुना परीक्षण गरिएको छ। शुक्रबार सम्म  देशभरी १२५ जसमध्ये काठमाडौंमा १५ जना र काठमाडौंबाहिर १०० जना आइसोलेसनमा रहेका छन्। क्‍वारेन्टाइनमा हालसम्म ८ हजार ६६० जना रहेका छन्।

आरडीटीबाट गरिने परीक्षणमा कैलालीमा ३३९ नमुना परीक्षण भएका छन् भने कञ्चनपुरमा १३७ नमुना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ नै आएको छ। कपिलवस्तुमा २१ वटा परीक्षण भएका छन् बागलुङमा १९ वटा परीक्षण भएका छन् र यी परीक्षणको नमुना पनि नेगेटिभ नै आएको छ। देशभरी ११ स्थानमा कोरोनाको परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार