लकडाउनको समयमा गोरखा मोडल कलेजमा अनलाईनको माध्यमद्वारा अध्यापन


अर्जुन भट्टराई,चैत २८ दाङ्ग। तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको गोरखा मोडल कलेजले लामो समयदेखि घरमै रही त्रिभुवन विश्वविद्यालयले लिने बार्षिक परिक्षाको तयारीमा रहेका र हाल कोरोना सङ्क्रमणले बेहोर्नु परेको लकडाउनको समयमा पनि आफ्ना बिद्यार्थीहरुलाई पढाईमा असहजता नआओस भनि अनलाईन माध्यमको प्रयोग गरी दिनमा २ घण्टा बिभिन्न बिषयको तालिका बनाई अध्यापन गराउने र हाल ब्यबसायिक अनुसन्धान विधि बिषयको अध्यापन भइरहेको क्याम्पसका संयोजक बेद प्रकास भट्टराईले जानकारी दिनुभएको छ। प्रबिधिको प्रयोगद्वारा अध्यापन गराउदा बिद्यार्थीहरुलाई सहजता भएको क्याम्पसले जनाएको छ।

अनलाईन माध्यमबाट अध्ययन गर्न पाउदा ज्यादै उत्साहित भएको र आउदा दिनहरूमा पनि यस्तै नयाँ माध्यमबाट अध्ययन गर्न पाईयोस भन्दै उत्साहित भएको अध्ययनमा संलग्न बिद्यार्थीहरुको भनाई रहेको छ।

यसलाई बिस्तार गरी बिभिन्न बिषयका पढाईलाई थप्ने क्याम्पस संयोजक बेद प्रकास भट्टराईले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार