कोरोनालाई मजाक नठानाैं !


कोरोना र नेपाल बिच युद्ध सुरुहुन अघि नै नेपालले कोरोनालाई हराउन सक्ने पक्का छ । उपया पनि सजिलो छ, आफ्नै घर परिवार सँग बसौ, बाहिर ननिस्कौं, आफन्त मित्रहरु सँग सामाजिक दुरि राखौ, सामाजिक सन्जाल मार्फत सम्पर्कमा बसौ, कोरोना आफै आउदैन त्यसैले कोरोना लिन आफै घर बाहिर नजाउ ।

कोरोनाको बारेमा मजाक नगरौं, कोरोना हराउँदै जानेछ तब सम्म आफ्नो र आफ्नो परिवारको ध्यान राखौ घरमै बसौ । केही कष्ट पक्का होला तर महामारिलाइ हाम्रो थोरै कष्टले जितन सक्छ भने किन कष्ट नगर्ने ? कोरोनालाइ मजाक गर्दा आज विकसित मुलुकहरू रोइरहेका छ्न, इटलिको अवस्था हेरौ त, यदि हाम्रो देशमा कोरोना फैलियो भने हाम्रो अवस्था कस्तो होला ?

मेरो देश मा भ्रष्टाचार हुदैन भने भनी म ती भ्रष्टाचारि भन्दा धेरै पापी हुने छु तर यो कोरिनाको औषधि खरिद मा पनि घोटाला गरेको भय जो सुकै होस जनताले जस्तोसुकै सजाय दिय पनि कम हुन्छ,  तर के भ्रष्टाचार भयको साच्चै हो त ? कुनै निकायले वास्तविक भ्रष्टाचार गरेको होकि हैन भनेर खोजतलास गर र यो पटक प्रमाण सहित जनतालाइ अवगत गराउन सक हैन भने केवल संजालमा भ्रम फैलाउने काम नगरौ।

आजकाल कतिपय कुरा लुकायर धेरै दिन टिक्न सक्दैन नेपालमा भ्रष्टाचार को विरुद्धमा आवाज उठाउने हरुको लागि यो अति उत्तम समय छ, मन्त्री, सचीव, व्यापारी सबैलाई जनताको सामु नाङ्गो पार्ने । चाइनाको एक जना NRNA को जिम्मेवार मित्रले केही मुल्य सहितको PPE र अन्य किट्सहरु म त्यो भन्दा सस्तो मा दिलाउन सक्छु भनेका छन । तिनी यदि सहि र सक्षम हुन भने NRNA-ICC ले किन उनि सगै कोप नगरेको ?

किन राहत कोषमा पैसा दिने ? बरु त्यो रकम बराबरको र अहिले सरकारले किनेको नै क्वालिटी मा PPE खरिद गरेर किन नदिने ? जसको कारण ले हाम्रो पैसामा भ्रष्टाचार पनि गर्न पाउदैन र अर्को महत्त्वपूर्ण कुरा के पनि हो भने यदि सेम क्वालिटिको PPE यसरी कम मुल्यमा दिन सके भ्रष्टाचार भयको रहेछ भन्ने दरिलो प्रमाण हुनेछ ।

हैन भने यस्तो विषम परिस्थितिमा हरेक नेपालिले र्राष्ट्रिय धर्म पूरा गरौ तर आफ्नो आफ्नो  राजनीतिक धर्म निभाउने पाप नगरौं । हामिलाइ समयले साथ दिएको छ तर ढिलो भएमा कोरोनाले माफ गर्ने छैन र हामीमा रुनुको विकल्प पनि बाँकी रहदैन किन की संसार रोइरहेको छ। लकडाउन शब्द सँग सँगै प्रशासन लाई पुर्ण जिम्मेवारी र आदेश दिइयाेस सरकार

माइक गरेर काराइ रहोस टोल टोलमा, आदेश नमान्ने लाई सार्बजनिक रुपमै कानुनी र परिस्थिति अनुसार सबक सिकाइयोस, नत्र हामी नेपालीहरु त को को बाहिर निस्केछन यसो चोकमा हेर्नू पर्‍यो भनेर पनि बाहिर निस्कन्छौ। आदत बनेको छ हाम्रो कि नगर भनेको कुरा अलि अलि भने पनि गर्नै पर्ने।

भारतमा जनता कर्फु नाम दिएको थियो, हामिलाइ त कर्फु नै भन्दिनु पर्यो सरकार नत्र जनता कर्फु भनेको कस्तो हुदोरहेछ भनेर हेर्न पनि बाहिर निस्कन्छौ। प्रशासन लाई भाइरसबाट पुर्ण सुरक्षा हुने मेडिकल किट्स को पनि ब्यवस्था होस सरकार किन की कोरोना भाटा- गोलि सङ डराउदैन रे।

यदि हस्पिटल वा फोटो फ्रेममा नबस्ने हो भने दुख सुख जे जसो गरेर आधा पेट खाएर भय पनि घरमै बस्नु होला। माक्र्स वा सेनिटाइजर मा गर्ने खर्छले खोले खान अबस्य पुग्ने छ, खोले खाएर भय पनि बाचौ र बचाऔ ।

हामी सँग अलि कति समय छ, यो समय लाई कोरोनाको खिलापमा प्रयोग गरौं । WHO वा नेपाल सरकारको सुझावलाई बेवास्ता नगरौ । यस्तो महामारिले पटक्कै पक्षपात गर्दैन, धनी- गरिब, सानो ठुलो , जात धर्म केही हेर्दैन सबैलाई समान गर्छ। त्यसैले गलत भ्रममा नबसौं।

“घर बसौ कोरोना भगाऔ”
” सरकारको आदेश भन्दा प्यारो कोरोना नहोस”
“सरकारको सरोकार – मेरो स्वास्थ्य मेरो परिवार”

भरत रोकाय “एक्सन”
दार्मा गाउपालिका २ सल्यान

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार