चैत्र ३०, सल्यान । स्वास्थ्य राज्यमन्त्री नवराज रावत क्वारेन्टाइनकाे निरिक्षण गर्न सल्यान आएका छन् । कोरोना भाइरसको आशंका लागेको व्यक्तिहरुलाई बस्नको लागी बनाइएकाे क्वारेन्टाइन निरिक्षण गर्नकाे लागि शनिबार उनि बनगाड कुपिण्डे नगरपालिकाले तयार पारेकाे प्रभाकर माद्यामिक विद्यालय देवस्थलकाे क्वारेन्टाइनमा आएका हुन् ।
२० बेडको क्वारेन्टाइनको निरिक्षण गर्दै राज्यमन्त्री रावतले कोरोना भाइरसको रोकथामको सरकारले काम गरिरहेको बताए । नेपालमा कोरोना भाइरसका कारण समस्या आउन नदिनको लागी सरकारले आवश्यक जनशक्ति तथा औजार उपकरण तयारी अवस्थामा राखेको उनकाे भनाइ थियाे ।
स्थानीय तहले कोरोना भाइरसको संक्रमण हुन नदिनको लागी तयारी थालेको बताउदैँ उनले स्थानिय तहले गरेको कामको प्रशंसा गरे । निरिक्षण कै क्रममा राज्यमन्त्री रावतले स्वास्थ्य चौकी देवस्थलमा पुगेर ५ सेट पिपिइ, २ सय ५० सेट सर्जिकल मास्क, सेनिटाइजर लगाएतको अत्यावश्यक औषधि हस्तान्तरण गरेका छन् ।