आउ ! नयाँ वर्ष


हरेक वर्ष जस्तै २०७६ साल पनि मेरो लागि जिबनको भोगाइ नै बन्यो । म र म जस्ता मध्यम वर्गीय मानिसको लागि हरेक नयाँ बर्ष एक नयाँ उत्साह नयाँ जोस अनि नयाँ सपना लियर आएको  हुन्छ।

बिहान-बेलाका र भोलिको जोहोमा तल्लिन हुनुपर्ने मेरो जस्तो वर्ग लाई भगवान र समय यकै हुन जुन देखिदैन तर छन भन्ने बिश्वास लियर जीवन लाई सहज बनाउने कोसिस मा फरक फरक मन्दिर पुग्छौ अनि नयाँ नयाँ बर्ष काटछौ । मन्दिरमा भगवान फेरिदैन तर म जस्ता भक्त हरु हरेक पल फेरिरह्न्छन अनि समयले मेरो भग्य हैन केबल साल फेरिरहन्छ।

यस्तै छ म र मेरो समय सगँको सम्बन्ध । २०७६ साललाई मैले बिदा गर्दै छुइन मलाई नै २०७६ सालले छोडदै छ र २०७७ सालले मलाई स्वागत गर्दै छ्। त्यसैले त म नितान्त समयको अधिनमाछु मेरो अधिनमा समय हैन।  जे जसरी बिगतमा समयको सम्मान गरे त्यो भन्दा बढी सम्मान २०७७ लाई गर्ने कोसिसमा छु ताकी समयले पनि मलाइ हिजो भन्दा अलि कति साथ बढी  देओस।

मेरो कामना छ – शुभ होस सबैको लागि २०७७ साल, खुसी बाहिर हैन, धन दौलतमा पनि छैन तर तिमी – तिम्रो परिवार र तिम्रो राम्रो कर्ममा छ भन्ने पाठ सिकायको छ जबकी  अहिलेको मानव सोच केबल कोरोनामा गयर सिमित हुन बाध्य छ, धेरै दुख दियको छ तर यो निर्दयी कोरोनाले मानव जगतलाइनै यौटा गजबको शिक्षा पनि दियको छ कि सबै जात-धर्म- बर्ग यकै धरातलमा अडियको छ त्यो हो मानवीयता अनि  बिश्व नै यक परिवार रहेछ भन्ने पाठ सिकायको छ।

म ढुक्क छु कि जाबो नाङ्गो आखाले देख्न नसक्ने कोरोना लाई  विज्ञानले परास्त गर्ने छ तर समय यति सक्तिसाली हुने रहेछ कि न कसैको अकुत धन-दौलतले किन्न सक्छ न त कुनै ज्ञान-बिज्ञानले हराउननै, त्यसैले भन्ने गर्छन समयलाइ जित्न हैन सङै चल्ने कोसिस गर्नु भनेर।

हाम्रो नयाँ बर्ष २०७७ ले हामीलाई साथ दियोस, कोरोनाको महामारी लाई नेपालिले थोरै क्षेती मै परास्त गर्न सकोस अनि बिश्व मानव जगतले कोसिस गरोस कि जति कोरोनाले आसु दियको छ त्यतिनै संबेदनसिल भयर मानव हितमा काम गर्न सकोस नकि मानव बिनासमा…।

मेरो यो अनुहार पुस्तिकामा जोडिनु हुने मेरा सबै अननिय मित्रहरु लाई नयाँ बर्ष  २०७७ को मंगलमय शुभकामना ।

आउ ! नयाँ बर्ष
टुटेका आशालाई  बिश्वास दिलाउन
हरेक दिन खुशिको बहार बनेर
आउ ! नयाँ बर्ष

आश्वासन दिने कत्ति आए, कत्ति गए
प्रतिबद्धता पुरा गर्न नतिजावान भएर
आउ ! नयाँ बर्ष

वृद्ध बाबा आमालाई एक्लै छोडेर
पलायन हुने बाध्यतालाई रोक्न
आउ ! नयाँ बर्ष

बाझिएका खेत, रुखिएका गरामा
सुन फल्छ भन्ने सन्देश बोकेर
आउ ! नयाँ बर्ष

पैसाले न्याय किन्न सक्दैन भन्दै
भ्रष्टलाई तह लगाउने गरि
आउ ! नयाँ बर्ष

निर्मलाहरुको आत्माले गिज्याइरहदा
जिवितलाई मल्हम लगाउने गरि
आउ ! नयाँ बर्ष

देश नरहे हामी रहदैनौ भन्दै
देशप्रेम र नेपालीको भाइचारा बोकि
आउ ! नयाँ बर्ष

मंगलग्रहमा पुराउने सपना होईन
एकपेट अन्न र लाज छोप्ने बस्त्र लिएर
आउ ! नयाँ बर्ष

सीप अनुसारको काम दिने गरि
बेरोजगारलाई रोजगार बनेर
आउ ! नयाँ बर्ष

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना
कागजमा होइन ब्यवहारमा पुरा गर्नेगरी
आउ ! नयाँ बर्ष

सारा नेपालीलाई दिर्घायु छर्दै
सयौं थुङ्गामा एकताको उर्जा भर्दै
आउ ! नयाँ बर्ष

नयाँ बर्ष २०७७ सालको शुभकामना

प्रकाशित मिती २०७७ बैशाख १ गते

प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार