०१ बैशाख २०७७ । रोटरी क्लब अफ तुलसीपुर सिटिले दोस्रो चरणमा ईलाका प्रहरी कार्यालय तुलसीपुर, शशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुर, तुलसी बाल हस्पिटल, चिनारी हस्पिटल र सिटी हस्पिटल तुलसीपुरलाई दुई थान पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) हस्तान्तरण गरेको छ।
कोभिड १९ अर्थात कोरोना भाईरसले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा र नेपालमा पनि संक्रमितको संख्या बढिरहेको अवस्थालाई मध्यनजर गर्दै बिषम परिस्थितिमा बिरामिको उपचार गर्दा स्वास्थ्यकर्मिहरुको सुरक्षाका लागि अति आबश्यक पर्ने पिपिई रोटरी डिष्ट्रिक ३२९२ नेपाल-भुटानको समन्वयमा रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको उच्च गुणस्तरयुक्त पिपिई क्लबका अध्यक्ष देबबदादुर केसीले हस्तान्तरण गर्नु भएको हो।
सम्बन्धित संस्थामै पुगेर हस्तान्तरण गरिएको पिपिई बितरण कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ र उपाध्यक्ष विनिल केसीको सहभागिता रहेको थियो। कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले जिल्लामा आवश्यक पर्ने थप पिपिई उपलब्ध गराउदै आउनु भएकोमा रोटरी डिष्ट्रिक डिजास्टर रिलिफ कमिटिका मेम्बर सेक्रेटरी तथा रोटरी क्लब अफ दरबारमार्गका पूर्व अध्यक्ष नुगल वैद्यलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।