सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प


बैशाख ४, सोलुखुम्बु । सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । मंगलबार राति फेरा केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार