श्रीलंकाकाे भ्रमणबाट फर्किएका कपुरकाेटका अध्यक्षकाे र्यापिड टेष्ट गरियाे


बैशाख ४, सल्यान । सल्यान कपुरकाेट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनकाे ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । हालै श्रीलंकाकाे भ्रमणबाट फर्किएका अध्यक्ष सेनको बिहीबार र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको हाे।

र्यापिड डाइग्नोष्टिक टेष्टपछि उनकाे रिपोर्ट नेगेटिभ आएको छ । बिहिबार मात्रै सल्यानकाे कपुरकाेट, त्रिवेणी र दार्मा गाउँपालिकामा मात्रै भारत सहित तेस्रो मुलुकबाट आएका २ सय ६३ जनाको र्‍यापिड टेष्ट गरिएकाे छ ।

कपुरकोटमा गाउँपालिका अध्यक्ष सहित बिहीबार ३६ जनाको कोरोना भाइरसको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएकाे थियाे । जसमा सबैजनाकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे । सो अवसरमा गाउँपालिका अध्यक्ष सेले ¥यापिड टेष्टमा आएको स्वास्थ्य सेवा कार्यालयको टोलि डा. विवेक अधिकारी, ल्याव टेक्निसियन रुपलाल डिसी, ल्याव असिष्टेन्ट चन्द्रा रेउले लगाएत गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे ।

उनले परीक्षण गराएका नागरिकहरुलाई रिपोर्ट नेगेटिभ आएकोले खुसि साथ घर जान आग्रह गरे । तर पनि घरमा सतर्क रहन, लकडाउनको पालना गर्न, सामाजिक दुरी कायम गर्न उनले अनुरोध गरे ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार