सल्यानमा कोरोना भाइरसको आशंका गरिएका ४० जनाको रिपोर्ट आयो


बैशाख ५, सल्यान । सल्यानबाट कोरोना परिक्षणका लागी स्वाव संगलन गरेर पठाएका ४० जनाको रिपोर्ट आएको छ । जिल्ला अस्पताल सल्यान तथा विभिन्न स्थानिय तहमा गरेर केहिदिन अघि स्वाव संकलन गरिएका ४० जनाको नै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिए ।

चैत १ गते यता भारत तथा तेस्रो मुलकबाट आएर काेराेना भाइरसकाे लक्षण देखिएका ४० जनाको स्वाव संकलन गरेर परिक्षणका कर्णाली प्रदेशकाे राजधानी सुर्खेत स्थित प्रयाेगशालमा पठाइएकोमा सबै रिपोर्ट नेगेटिभ आएको हो । यस अघि जिल्लाबाट पठाएका ३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

यसैबीच सल्यानका १० वटै स्थानीय तहमा चैत १ गते यता भारत सहित तेस्रो मुलुकबाट आएका सबैको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाईरसको परीक्षण सुरु गरिएकाे छ । जसकाे लागि बिहीबार मात्रै कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र त्रिवेणी गाउँपालिकामा २ सय ६२ जनाको र्यापिड टेष्ट गरिएको थियाे । ती सबै रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार कुमाख, शिद्दकुमाख र छत्रेश्वरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट गरिदै छ भने शनिबार शारदा र बागचाैर नगरपालिकामा तथा आइतबार बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार