छत्रेश्वरी गाउँपालिकालाई एक युवाद्वारा ३० हजार सहयोग


बैशाख ६, सल्यान । छत्रेश्वरी गाउँपालिकाको राहत कोषलाई एक युवाले ३० हजार रुपैयाँ सहयोग गरेका छन ।गाउँपालिकाको वडा नम्बर ६ निवासी यज्ञ बहादुर बिस्टले कोरोना भाईरस (कोभिड १९ )को रोकथाम तथा अति विपन्न वर्गका नागरिक हरुलाई राहत दिन गाउँपालिकाले स्थापना गरेको (कोरोना बिपत राहत कोष)लाई ३० हजार रुपैयाँ सहयोग गरेका हुन।

गाउँपालिकाले राहत कोषमा सहयोग गर्न नागरिक हरुलाई अपिल गरे अनुसार केही महिना अगाडि कोरियाबाट फर्केका बिस्टले शुक्रवार गाउँपालिका अध्यक्ष सन्तोष केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन।

सरकारले कोरोना भाईरसबाट बच्न लकडाउन गरेपछी न्यून बर्गिय परिवारहरु मर्कामा परेको भन्दै उनिहरुलाई सहयोग स्वरुप गाउँपालिकालाई आर्थिक सहयोग गरिएको यज्ञ बिष्टले बताएका छन।

विपदको यो समयमा अति विपन्न परिवार, जसको घरमा चुलो बल्न छाडेको छ त्यस्ता परिवारलाई सहयोग गर्ने वातावरण मिलाउने गाउँपालिकालाई उनले धन्यवाद दिएका छन। विपदको समयमा एकले अर्कालाई सहयोग गर्नुपर्ने भन्दै उनले सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेका छन।

बिष्टले हस्तान्तरण गरेको रकम बुझ्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीले सहयोगी मन भएका बिष्टलाई धन्यवाद दिएका छन। बिस्टले दिएको रकमबाट पालिका भित्रका केही अतिबिपन्न तथा दैनिक मजदुरी गर्ने परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिने उनले बताए।

बिहिबार देखि राहत बितरण सुरु गरिएको बताउदै अध्यक्ष केसीले नागरिक हरुका घरमा चुलो निभ्न नदिने बताएका छन।एक महिनालाई परिवार हेरेर बितरण गरिएको राहत  लकडाउन लम्बिएपनी निरन्तर जारी रहने अध्यक्ष केसीले बताए।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार