बैशाख ८, राेल्पा । रोल्पा गंगादेव गाउँपालिकाले कोरोना भाइसर रोक्नको लागि उपयुक्त कामहरु खासै नगरेको भन्दै गंगादेब स्वतन्त्र युवा अभियानले एक ध्यानआकर्षण पत्र जारी गरेको छ ।
आज गंगादेब स्वतन्त्र युवा अभियानका संयोजक रामकुमार डाँगीले जारी गरेको ध्यानआकर्षण पत्रमा गंगादेब गाउँपालिकाले अहिलेको महामारीको अबस्थामा सचेतना फैलाउने र अतिआबश्यक औषधिहरु जोहो गर्ने काम नगरेको जनाइएको छ ।
गाउँपालिका बाहिर रहेका नागरिकहरुको सोधखोज र अलपत्रमा परेका मानिसहरुको उद्दारका लागि पहल नगरेकोप्रति पनि आफ्नो आपत्ति रहेको पत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाभन्दा बाहिर रहेका नागरिकलाई तत्काल गाउँ ल्याउने पहल थाल्न र गाउँ–गाउँमा जनचेतनाका कामहरु तिब्र गतिमा अगाडी बढाउन गंगादेब स्वतन्त्र युवा अभियानले ध्यानआकर्षण पत्र मार्फत माग गरेको छ ।