बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्षको घरमा आगलागी, छोराको मृत्यु


बैशाख ८, बागलुङ । बागलुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको गुल्मी जिल्लास्थित शन्तिपुरमा रहेको घरमा आगलागी हुँदा उनका १५ बर्षिय छोरा समिर खनालको मृत्यु भएको छ । सोमबार दिउँसो १२ बजे उनको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरमा ठुलो क्षति भएको छ ।

पेट्रोलिय पदार्थ जस्ता अति प्रज्वलनशिल पदार्थको बिक्रीवितरण हुँदै आएको उनको घरमा के कारणले आगलागी भएको भन्ने खुलेको छैन । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर बसपार्कमा रहेको तीनतले पक्की घर जलेको छ ।

घरमा आगलागी हुँदा ४ वटा ग्यास पड्किएको स्थानीय नरबहादुर बिकले जानकारी दिए । आगलागीका कारण वडाध्यक्ष पूर्ण खनाल र उनकी श्रीमती समेत घाईते भएका छिन् । उनीहरुको उपचारका लागि पाल्पा पठाइएको बिकले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार