सल्यान छत्रेश्वरी गाउँपालिकाकाे राहत कोषमा सहयोग


बैशाख ८, सल्यान । सल्यानकाे छत्रेश्वरी गाउँपालिकाकाे राहत काेषमा नेपाल इन्भेस्टमेन्ट बैंकले ५० हजार सहयाेग गरेकाे छ । सरकारले कोरोना भाईरस संक्रमणबाट बच्न गरेको लकडाउनका कारण अति विपन्न तथा दैनिक मजदुरी गर्ने व्यक्तीहरुका परिवारहरुलाई राहत दिनका निम्ति पालिकाले बनाएको कोषमा नेपाल इन्भेस्टमेन्ट बैंकले सहयाेग गरेकाे हाे ।

गाउँपालिकाको वडा नम्बर ६ लान्तीमा रहेको उक्त बैंकले विपतमा परेका बेला नगरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएकाे बैंकका शाखा प्रबन्धक प्रेम वलीले बताए ।

यसैबीच गाउँपालिकाकाे राहत काेषमा खड्कदेबि सेवा समाज दोहा कतार बाट २१ हजार रुपैयाँ सहयोग प्राप्त भएकाे छ । सेवा समाजबाट पठाएको रकम छत्रेश्वरि ३ का राजाराम सुनुवारले गाउँपालिका कार्यालयमा पुगि अध्यक्ष सन्तोष केसीलाई हस्तान्तरण गरेका हुन।

वैदेशिक रोजगारीका शिलसिलामा कतारको राजधानी दोहा पुगेका छत्रेश्वरि ३ का केही ब्यक्तीहरुले खड्कदेबि सेवा समाज नामक सामाजिक संस्था खोलेका हुन।सामाजिक कार्य गर्न र त्यहा रहेका नेपाली हरुको हकहितका निम्ति उक्त समाजको स्थापना गरिएको बताएको छ । गाउँपालिकाको वडा नम्बर ६ निवासी यज्ञ बहादुर बिस्टले पनि कोषलाई ३० हजार रुपैयाँ सहयोग गरेका छन्।

यसैक्रममा गाउँपालिकाको राहत कोषमा कुमारी बैंकले ५० हजार, मुक्तीनाथ बैंकले ५० हजार मूल्य बराबरको खाद्यान्न सामाग्री र सल्यान ग्यालरी ग्रुपले २३ हजार ५ नगत, ७ गत्ता चाउचाउ र ६ गोटा साबुन दिएको छ। प्रदेशसभा सदस्य गुलाब जंग शाह, युबानेता मनोज प्रधान र प्रमोद कुमार श्रेष्ठको संयुक्त टोलिले चामल २० बोरा, नुन २० प्याकेट र खाने तेल २० बोतल प्रदान गरेका छन।

गाउँपालिकाको राहत कोषमा एलोबेट बोर्डिङ स्कुल छत्रेश्वरि ६ का संचालक नेब बहादुर रावत र प्रीन्सिपल टेक बहादुर बिष्टले १० हजार रुपैया, गाउँपालिकाको वडा नम्बर ५ निवासी बुद्दा केसिले ५ हजार रुपैयाँ र सिद्ध पोखरी सामुदायिक बन उपभोक्ता समिती लेखपोखराले ७ हजार रुपैयाँ सहयोग गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताएका छन।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार