बैशाख १०, काठमाडाैं । नेपालमा काेराेना भाइरस संक्रमित भएका अर्का एकजना निकाे भएका छन् । याे सँगै अब नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ५ पुगेकाे छ ।
दुबईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि आज (बुधबार) अस्पतालले उनलाई घर पठाउने तयारी गरेको छ । ती युवालाई आज डिस्चार्जको तयारी भइरहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिएका छन् ।
युएईबाट आएका उनलाई गत चैत १२ गते संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरिएको थियो। टेकु अस्पतालबाटै गत शनिबार फ्रान्सबाट आएकी प्रसिद्धि श्रेष्ठ पनि २७ दिनपछि कोरोनाबाट निको भएर घर फर्किएकी थिइन्।
उनीसँगै हाल नेपालमा कोरोनाको उपचारबाट ५ जना निको भएका छन् भने ४२ जना काेराेना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।