सल्यानका दश वटै स्थानीय तहमा ८ सय ३३ जनाकाे कोरोना भाइरस परिक्षण गरियाे


बैशाख  ८, सल्यान । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट सल्यानका दश वटै स्थानीय तहमा हालसम्म ८ सय ३३ जनाकाे कोरोना भाईरसको परिक्षण गरिएकाे छ । जिल्लाका दशवटा स्थानीय तहमा बैशाख ४ गतेदेखि नेपाल बाहिर र जिल्ला बाहिरबाट आएकाहरूकाे र्यापिड डाइग्नोष्टिक टेष्ट गर्न थालिएकाे थियाे ।

बैशाख ४ गते कपुरकोट गाउँपालिकाका ३६ जना, दार्मा गाउँपालिकामा २ सय १० जना र त्रिवेणी गाउँपालिकामा १६ जनाको र्यापिड टेष्ट गरिएको थियाे । त्यस्तै बैशाख ५ गते कुमाख गाउँपालिकामा १ सय १३ जना, सिद्ध कुमाख गाउँपालिकामा ५१ छत्रेश्वरी गाउँपालिकामा ६८ जनाकाे र्यापिड टेष्ट गरिएको गरिएकाे स्वास्थ्य कार्यालय सल्यानले जनाएकाे छ ।

किट अभावमा परिक्षण राेकिएकाे र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पुनः साेमबार बैशाख ८ गतेदेखि सुरु गरिएकाे हाे । आजमात्रै बागचौर नगरपालिकामा ७६ जना र शारदा नगरपालिकामा ७९ जनाको आरडिटी परिक्षण गरिएको छ ।

मंगलबार बन्गाड कुपिण्डे नगरपालिकामा १ सय ३२ र कामीमाटी गाउपालिकामा ४१ जनाकाे आरडिटी परिक्षण गरिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएकाे छ । अहिलेसम्म १० वटै स्थानीय तहमा गरिएकाे ८ सय ३३ जनाकाे आरडिटीमा १ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे थियाे भने बाँकी सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।

पाेजेटिभ रिपाेर्ट आएका शारदा नगरपालिका १ चैबाङजिउलाका युवाकाे स्वाब पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ । जसले गर्दा उनिमा काेराेना भाइरस नभएकाे पुष्टी भएकाे छ ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार