कोरोना अपडेट : निको हुनेको संख्या साढे ७ लाख


बैशाख १२, काठमाडौं । विश्व महामरीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को कारण अहिलेसम्म विश्वभर मु*त्यु हुनेको संख्या एक लाख ९१ हजार ५५ जना रहेका छन् ।

हालसम्म जम्मा संक्रमित २७ लाख २५ हजार ३ सय ९१ जना रहेको विश्व स्वस्थ्य संगठनले जनाएको छ । त्यस्तै संक्रमित भई निको भएर घर फर्किनेको सख्या ७ लाख ४५ हजार ८ सय २० जना रहेका छन् ।

यता नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । जसमा निको भएर घर फर्किनेको संख्या १० जना रहेका छन् । नेपालमा हालसम्म ९ हजार २ सय जनाको कोरोना परिक्षण गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १२ गते शुक्रवार