नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४९ पुग्याे


बैशाख १३, काठमाडाैं । नेपालमा कोरोना भाइरस काेभिड १९ बाट संक्रमित हुनेकाे संख्या ४९ पुगेको छ । शुक्रबार बेलुका मात्रै झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि कुल संक्रमितको संख्या ४९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । हालसम्म प्राप्त विवरणअनुसार निज आइसोलेसनमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

४९ जना संक्रमित मध्ये नेपालमा निको भएर घर फर्किनेको संख्या ११ जना रहेका छन् । नेपालमा हालसम्म ९ हजार ४ सय ८ जनाको कोरोना परिक्षण गरिएको छ ।

यसैबीच काेराेनाकाे कारण विश्वभर ज्यान गुमाउनेकाे संख्या हालसम्म १ लाख ९७ हजार २ सय ४५ पुगेकाे छ । संक्रमितकाे संख्या २८ लाख ३० हजार ५१ पुगेकाे छ । जसमा निकाे हुने ७ लाख ९८ हजार ७ सय ७२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार