दाङमा पीसीआर प्रबिधिबाट कोरोना परीक्षण सुरु


बैशाख १३, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९ ) को स्वाब परीक्षण सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीका अनुसार शुक्रबारदेखि पीसीआर प्रबिधिबाट स्वाब परीक्षण सुरु भएको हो ।

अहिले प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ जना र एकजना कैदी गरि १० जनाको स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार पीसीआर मेसिन जडान भएपछि स्वाब परीक्षण कार्य सुरु गरिएको हो ।

अहिले एकैपटकमा ८० जनासम्मको स्वाब परीक्षण गर्न सकिने उनको भनाई छ । यसले जिल्लामा थप सहजता बनाएको उनले बताए ।

अहिले प्रतिष्ठानमा भएको जनशक्तिले ल्याब परीक्षण गर्ने कार्य गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. भण्डारीले बताईन् । जिल्लामा कोरोना बिशेष अस्पताल बेलझुण्डीबाट पनि स्वाब संकलन गर्ने गरिएको छ ।

बेलझुण्डीमा पनि एकसय बेडको आइसोलेसन कक्ष स्थापना गरि स्वाब संकलन तथा उपचार गर्ने कार्य भईरहेको छ । अहिले जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइनमा रहेकाहरुलाई ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) समेत परीक्षण गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार