बैशाख १३, सल्यान । सल्यानमा आफ्नै बाबुको ह*त्या गरेको आशंकामा छोरालाई प्रहरीले पक्राउ गरेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोल निवासी ५१ बर्षिय बुबा बुदे कामीको हत्या गरेको आशंकामा २१ बर्षिय छोरा सुरज विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटना शनिबार साँझ करिब सात बजे तीरको भएको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । ‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको जस्तो छ, मृतकको टाउकोमा चोट छ, ह*त्या गरेको आशंकामा छोरालाई नियन्त्रणमा लिएका छौँ’ उनले भने ।
प्रहरी घटना स्थलमा पुगेर मुचुल्का उठाइ सकेको र पोष्टमार्टम पश्चात थप केही कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।