यी हुन् ओली, प्रचण्ड र नेपाल खेमाका सांसदहरू (नामावली सहित)



बैशाख १६, काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । अहिले नेकपामा ३ वटा शक्ति देखिएका छन् । पहिलोमा केपी ओली, दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड र तेस्रोमा माधवकुमार नेपाल ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्‍याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ ।

प्रचण्ड र माधव नेपाल पक्ष आपसमा मिलेका कारण पार्टीका सबै निकायमा केपी शर्मा ओलीले बहुमत गुमाएका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी कहीँ पनि ओली पक्षको बहुमत छैन । तर, प्रतिनिधिसभा संसदीय दलमा भने ओलीको पक्षमा ४० प्रतिशत भन्दा बढी झण्डै ४५ प्रतिशत सांसदहरु देखिएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार टिकाउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । अहिले नेकपासँग अत्यधिक बहुमत अर्थात, कुल १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद प्रतिनिधिसभामा छन् ।

प्रतिनिधिसभामा पूर्वएमालेबाट प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सांसद छन् भने पूर्वमाओवादीबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सांसद छन् । पूर्वएमालेका १२१ मध्ये ओली समूहका ७८ जना छन् भने माधव नेपाल समूहका ४३ सांसद छन् ।

पूर्वमाओवादीका सबै प्रचण्डकै नेतृत्वमा रहँदा उनीसँग ५३ सांसद रहनेछन् । अध्यादेश प्रकरणमा ओलीको पक्षमा उभिए पनि रामबहादुर थापा बादल अन्ततः पूर्वमाओवादी कित्तामै रहने पूर्वमाओवादी नेताहरूको दाबी छ ।

यो अवस्थामा माधव नेपाल, झलनाथ र वामदेव पक्षका बाँकी सांसद एकै ठाउँमा उभिँदा दलको नेताबाट ओलीलाई हटाउन संख्या पुग्छ । तर, यो संख्या एक दर्जन हाराहारीमात्रै हुने भएकाले १० जनालाई आफूतिर तान्न सकिने विश्वासमा ओली खेमाका नेताहरु देखिन्छन् ।

ओली पक्षका सांसद (७८ जना)

केपी शर्मा ओली
सुवासचन्द्र नेम्वाङ
वसन्तकुमार नेम्वाङ
लालप्रसाद साँवा

राजेन्द्र गौतम
राजेन्द्र राई
घनश्याम खतिवडा
भानुभक्त ढकाल

विशाल भट्टराई
लीलानाथ श्रेष्ठ
रघुवीर महासेठ
पार्वत गुरुङ

भूमिप्रसाद त्रिपाठी
खेमप्रसाद लोहनी
कृष्णबहादुर राई
ईश्वर पोखरेल

कृष्णगोपाल श्रेष्ठ
महेश बस्नेत
नवराज सिलवाल
गोकुल बाँस्कोटा

कृष्णप्रसाद दाहाल
पोल्देन छोपाङ गुरुङ
खगराज अधिकारी
विद्या भट्टराई

जगतबहादुर सुनार
कृष्णकुमार श्रेष्ठ
केदार सिग्देल
नारायणप्रसाद मरासिनी

पद्माकुमारी अर्याल
तिलकबहादुर महत
प्रेमप्रसाद तुलाचन
भुपेन्द्रबहादुर थापा

सूर्यप्रसाद पाठक
पदम गिरी
प्रदीप ज्ञवाली
छविलाल विश्वकर्मा

दलबहादुर राना
विष्णु पौडेल
वृजेसकुमार गुप्ता
नन्दलाल रोका क्षेत्री

हृदयेश त्रिपाठी
रवीन्द्रराज शर्मा
नवराज राउत
लालबहादुर थापा

प्रेमबहादुर आले
नारदमुनि राना
गणेशसिंह ठगुन्ना
दामोदर भण्डारी

नरबहादुर धामी
भैरवहादुर सिंह
विजय सुब्बा
मोहन बानियाँ

मोतिलाल दुगड
थममाया थापा
डा.शिवमाया तुम्बाहाङ्फे
सुजिता शाक्य

बिना श्रेष्ठ
नविना लामा
शान्तिमाया पाख्रिन
कुमारी मेचे

बिनादेवी बुढाथोकी मगर
राधाकुमारी ज्ञवाली
बिन्दा पाण्डे
गोमा देवकोटा

निरुदेवी पाल
मनकुमारी जिसी
विष्णु शर्मा
सरिता न्यौपाने

मैनाकुमारी भण्डारी
तीर्था गौतम
शान्ता चौधरी
गंगा चौधरी (सत्गौवा)

बिमला विश्वकर्मा
आशाकुमारी विक
जुलीकुमारी महतो रेखाकुमारी झा
सरिताकुमारी गिरी
सानु शिवा ।

प्रचण्ड पक्षका सांसदहरु (५३ जना)

पुष्पकमल दाहाल प्रचण्ड
राम कार्की
सुदन किराती
अमनलाल मोदी

शिवकुमार मण्डल
हेमकुमार राई
सुरेशकुमार राई
सुरेशचन्द्र दास

मात्रिका यादव
गिरिराजमणि पोखरेल
रामेश्वर राय यादव
प्रभु साह

श्यामकुमार श्रेष्ठ
हरिबोल गजुरेल
हितबहादुर तामाङ
पम्फा भुसाल

गंगाबहादुर तामाङ
हरिराज अधिकारी
देव गुरुङ
देवेन्द्र पौडेल

टोपबहादुर रायमाझी
चक्रपाणि खनाल
कमला रोका
वर्षमान पुन

कृष्णबहादुर महरा
महेश्वरजंग गहतराज
सन्तकुमार थारु
टेकहादुर बस्नेत

गजेन्द्रबहादुर महत
दुर्गबहादुर रावत
शक्तिबहादुर बस्नेत
जनार्दन शर्मा

गौरीशंकर चौधरी
लेखराज भट्ट
बीना मगर
रामबहादुर थापा बादल

हितराज पाण्डे
पूर्णकुमारी सुवेदी
रेखा शर्मा
धर्मशीला चापागाइँ

सीता पोखरेल
सत्या पहाडी
इन्दु शर्मा
वोधमाया यादव

अन्जना विशुंखे
दुर्गा विक
जयपुरी घर्ती
शशी श्रेष्ठ

ओनसरी घर्ती
यशोदा सुवेदी
अमृता थापा
रामकुमारी चौधरी
शेखतारा चाँद

माधव नेपाल पक्षका सांसदहरु (४३ जना)

झलनाथ खनाल
माधवकुमार नेपाल
योगेश भट्टराई
पवित्रा निरौला

भवानी खापुङ
लालबाबु पण्डित
जयकुमार राई
यज्ञराज सुनुवार

गणेशकुमार पहाडी
नारायणप्रसाद खतिवडा
रामवीर मानन्धर
जीवनराम श्रेष्ठ

कृष्णलाल महर्जन
शेरबहादुर तामाङ
विरोध खतिवडा
सुरेन्द्र पाण्डे

कृष्णभक्त पोखरेल
गोकर्ण विष्ट
सोमप्रसाद पाण्डेय
घनश्याम भुसाल

मेटमणि चौधरी
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम

राजबहादुर बुढा क्षेत्री
ध्रुवकुमार शाही
भीम रावल
यज्ञबहादुर बोगटी

झपट रावल
दीपकप्रकाश भट्ट
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री

तुल्सी थापा
कल्याणीकुमारी खड्का
मायादेवी न्यौपाने
लक्ष्मीकुमारी चौधरी

निरादेवी जैरु
विमलाकुमारी विश्वकर्मा
पार्वतीकुमारी बिसुंखे
डा. पुष्पा कुमारी कर्ण कायस्थ

सरलाकुमारी यादव
कालिला खान
समिना हुसेन

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार