दाङमा १५ जनाको पिसिआर परिक्षणको रिपोर्ट आयो


बैशाख १६, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परीक्षण शुरु भएको छ ।

पिसिआर मेसिनबाट पहिलोपटक दाङमा जाँच्न सुरु गरिएकाले प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीले पिसिआर मेसिन गुणस्तर भएकाले प्रतिष्ठानले पिसिआर विधिवाट १५ जनाको परिक्षण गरिएको बताइन् ।

भण्डारीले प्रतिष्ठानको पिसआर मेसिनबाट ११ जनाको स्वाव लिई परीक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ आएकाले चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज गरिने उनले बताइन् ।बिरामीलाई घरमा क्वारेन्टाइन बस्ने गरी डिस्चार्ज गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

यद्यपि प्रतिष्ठानको नयाँ मेसिन भएकाले परीक्षणका क्रममा आएको रिपोर्टलाई भने ‘क्रसम्याच’का लागि भैरहवा पठाइएको र त्यहाँ पनि ११ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उपकुलपति भण्डारीले जानकारी दिइन् ।

यहाँको मेसिनको थप विश्वसनियताका लागि भैरहवा पठाइएको थियो । प्रतिष्ठानमा थप ६ जना आइसोलेसनमा रहेकाहरुको पनि स्वाब लिने क्रम जारी रहेको छ । बेलझुण्डीस्थित कोराना अस्पतालले पनि ४ जनाको स्वाव परिक्षणका लागि प्रतिष्ठानमा पठाएको र उनीहरुको जाँच्ने काम भइरहेको प्रतिष्ठानकि उपकुलपति भण्डारीले बताइन् ।

शनिवारसम्म प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ जना र १ जना कैदीको समेत गरी दश जनाको स्वाब परीक्षण भएको थियो । यद्यपि ‘क्रसम्याच’का लागि भैरहवाको रिपोर्ट नआउँदासम्म यहाँको मेसिनमा आएको परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छैन् ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार