बैशाख १७, बेलायत । बेलायती प्रधानमन्त्रीलाई पुत्र लाभ भएको छ । बुधबार उनका निजी प्रवक्ताले प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको जनाएका छन् ।
५५ वर्षीय जोनसन र उनकी ३२ वर्षीय प्रेमिकालाई पुत्रलाभ भएको छ। यो खुशीको क्षण सार्वजनिक गर्न पाउँदा हामी उत्साहित भएका छौं’, प्रवक्ताले भने ।
प्रधानमन्त्री जोन्सन कोरोनाको संक्रमण पश्चात् सोमबारबाट काममा फर्किएका छन्। भने, उनकी प्रेमिकालाई पनि कोरोनाको संक्रमण देखिएको थियो ।