बागचाैर नगरपालिकाकाे क्वारेन्टाइन रित्तै, आफुहरु बस्न खाेजेपनि व्यवस्था नभएकाे गुनासाे


बैशाख १८, सल्यान । सल्यान बागचाैर नगरपालिका नागरिकहरू क्वारेन्टाइनमा बस्न खाेजेपनि क्वारेन्टाइन नपाएकाे गुनासाे गरेका छन् । राेजगार र अध्यानकाे लागि बाहिरी जिल्ला गएर लकडाउनकाे कारण घर फर्किएकाहरू क्वारेन्टाइनमा बस्न खाेजेपनि क्वारेन्टाइन नपाएकाे गुनासाे गरेका छन् ।

बागचौर नगरपालिका ३ थाराचौरका दुई जना युवा सरकारी क्वारेन्टाइन नपाएपछि होम क्वारेन्टाइनमा बसेकाे बताएका छन् । बिगत सात महिना पहिले कामको सिलसिलामा स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा मजदुरी गर्दै आएका ति युवा घर आएपछि क्वारेन्टाइनमा बस्नकाे लागि वडाध्यक्ष टिकाराम केसीसँग सम्पर्क गरे ।

वडाअध्यक्षले थारमारेमा रहेकाे जनकल्यान क्याम्पसको क्वारेन्टाइनमा गएर बस्न आग्रह गरे । त्यसपछि ति युवा अध्यक्षकै भनाई अनुसार जनकल्यानमा गए । त्यहाँ क्वारेन्टाइनकाे लागि केहि व्यवस्था नभएपछि ति युवा थारमारेमै नेपाल प्रहरीकाे चेकपाेष्टमा पुगे । प्रहरीले पनि यहाँ क्वारेन्टाइनकाे लागि केहि व्यवस्था नभएकाे र घरमै गएर सुरक्षित सँग बस्न भनेपछि अहिले ती युवा हाेम क्वारेन्टाइनमै बसेका छन् ।

यता वडाध्यक्ष केसीले अहिले वडामा कुनै क्वारेन्टाइन नभएकाेले हाेम क्वारेन्टाइनमै बस्नुपर्ने बताएका छन् । उनले भने, ‘तपाइहरू सबै हाेम क्वारेन्टाइनमै बस्नुहाेस्, वडामा कुनै क्वारेन्टाइन छैन्, नगरपालिकाले बनाएकाे थारमारेकाे क्वाेन्टाइन पनि खाली छ ।’

त्यस्तै राेजगारकाे लागि तनहुँ जिल्लाबाट फर्किएका बागचाैर नगरपालिका ४ पेदिखाेलाका ६ जना पनि आफ्नै खर्चमा क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनकाे लागि नगरपालिकालाइ आग्रह गर्दा कुनै व्यवस्था नभएपछि आफ्नै खर्चमा क्वारेन्टाइनमा बसेकाे उनिहरू बताउछन् । ६ जना मध्ये २ जना गाउँकै एउटा खाली घरमा बसेका छन् भने ४ जना आ-आफ्नाे घरमा बसेका छन् ।

बागचाैर नगरपालिका वढा नम्बर ९ मा बाहिरी जिल्लाबाट फर्किएका १३ जना केहि दिनलाइ गाउँकै खाली भवनहरूमा बसेपनि अहिले ति सबै आफ्नै घरमा हाेम क्वारेन्टाइनमा बसेका छन् । उनिहरूले क्वारेन्टाइनमा बस्न माग गरेपछि परिलेख र धनबाेटका दुइवटा खाली भवनकाे सामुदायीक क्वारेन्टाइनमा केहिदिनकाे लागि बसालिए पनि अहिले हाेम क्वारेन्टाइनमै बसालिएकाे वडा अध्यक्ष माेहन चन्दले लेकाली अनलाइनलाइ बताए ।

राहत वितरणकाे लागि नगरपालिकाले वडालाइ दिएकाे राहतलाइ कटाैंती गरेर केहि दिन उनिहरूलाइ खानकाे व्यबस्था गरिएकाे थियाे भने सुत्नकाे लागि घरबाटै उनिहरूले कपडा ल्याएका थिए । वडामा मापदण्डका क्वारेन्टाइन हुन नसक्दा हाेम क्वारेन्टाइनमै बसालीएकाे उनकाे भनाइ छ ।

यता बागचाैर नगरपालिकाले क्वारेन्टाइनकाे राम्राे व्यवस्था छ भन्दै प्रचार गरेकाे जनकल्यान क्याम्पसको क्वारेन्टाइन रित्तै भएर ताला लगाइएकाे छ । जहाँ खाद्यान्न समेत थक्नाइएकाे छ । यहाँ २५ बेडकाे नगरपालिकाकाे एकमात्र क्वारेन्टाइ बनाएकाे थियाे । नगरका स्वास्थ्य शाखा प्रमुख हरि कठायतले क्वारेन्टाइनमा बस्नकाे लागि आफ्नाे सम्पर्कमा अहिलेसम्म काेहि नआएकाेले क्वारेन्टाइन रित्तै भएकाे दाबी गरेका छन् ।

भारत सहित तेस्राे मुलुकबाट आएकाहरु महिनादिन पुगिसकेकाे र अन्य जिल्लाबाट आउनेहरूमा काेराेनाकाे खासै लक्षण नभएकाेले हाेम क्वारेन्टाइनमै बसिरहेकाे उनकाे भनाइ छ ।

बागचाैर नगरपालिकामा अहिलेसम्म भारत सहित तेस्राे मुलुकबाट १ सय १३ जना आइसकेका छन् । जुन सुरुदेखि नै हाेम क्वारेन्टाइनमै बसेका हुन् । त्यस्तै जिल्ला बाहिरबाट आएकाहरूकाे तथ्याङ एकिन नभएपनि सयाैं संख्यामा आएका उनिहरू पनि हाेम क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार