श्रीगाउँ लाईभ भिजनले प्रकाशित गर्‍यो, वार्सिक नतिजा


पूर्ण के.सी. बैशाख १८,दाङ । दाङको दङ्गीशरण ७ सिमठानामा रहेको श्रीगाउँ लाईभ भिजन माविले २०७६ को वार्सीक परिक्षाको नतिजा आज प्रकाशित गरेको छ ।

लकडाउनका कारण केही ढिला नतिजा प्रकाशित भएको हो। साथै विद्यालयले सामाजिक दुरि कायम राख्दै भर्ना अभियान र भर्ना कार्यक्रम पनि सुरु गरेको छ ।

अनलाईन, फोन , SMS बाट भर्ना खुल्ला गरेको विद्यालयका पृन्सिपल मोहविर सोमैले जानकारी दिनुभयो ।

उहाँले लकडाउनकाे समाप्ति र जनजीवन सामान्य भए नियमित पठनपाठन हुने बताउनुभयो । अहिले घरमै बसि सो अध्ययन गर्न सम्पुर्ण विद्यार्थीमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार