सल्यानमा अनलाइनबाट विद्यार्थीको नतिजा प्रकाशन



बैशाख १८, सल्यान । सल्यानको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माविले शैक्षिक सत्र २०७६ सालको नतिजा प्रकाशन सल्यानमा पहिलोपटक अनलाइन सिस्टमबाट गरेको छ ।

कक्षा ५, ८ र १० बाहेक विद्यालयले लिएको परिक्षाको नतिजा आज अनलाइन सिस्टमबाट प्रकाशन गरिएको प्राचार्य पुर्ण भण्डारी पंकजले बताए । कक्षा ५ र ८ को परिक्षा नगरपालिकाले गराउने भएकोले ५ कक्षाको नतिजा आइ नसकेको र ८ कक्षाको परीक्षा पूरा हुन नसकेको उनलेे बताए ।

समयअनुसार इन्टरनेटलाई प्रयोग गर्दै विद्यालयको वेबसाइट   www.jkmsts.edu.np मा नतिजा प्रकाशित गरिएकाे प्राचार्य भण्डारीको भनाइ छ । त्यस्तै प्रत्येक विद्यार्थीको नम्बरमा म्यासेजबाट नतिजा पठाउने व्यवस्था गरिएको उनको भनाइ छ । विद्यार्थीले अब अनलाइनबाटै भर्न फारम भर्न सक्ने समेत उनलेे बताएका छन् ।

यसैक्रममा सल्यानको दार्मा गाउँपालिका स्तरीय कक्षा ५ र कक्षा ८ को नतिजा मोबाइल एस.एम.एस. र गाउँपालिको वेवसाइटमार्फत प्रकाशन गरिएको छ ।

एस. एम.एस. बाट नतिजाबारे जानकारी लिन नेपाल टेलिकमको सिमबाट Result darma symbol number  टाइप गरि  ३१००७  मा मेसेज पठाउनु पर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख एस पी ढकालले जानकारी दिएका छन् ।

साथै दार्मा गाउँपालिकाको वेवसाइट www.darmamun.gov.np बाट पनि नतिजा हेर्न सकिने उनले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार