वैशाख,२१ दाङ। गायक श्रीकृष्ण बम मल्ल र गायिका मेलिना राईको बर-पिपलु बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। गायिका तथा रचनाकार गायत्री थापाको सब्द रहेको गितमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन ।
भिडियोमा अहिलेको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनी’का कलाकार सागर लम्साल (बले) र बाल कलाकार यांसु श्रेष्ठको अभिनय रहेको छ । क्रान्ति के.सी.को निर्देशनमा तयार परिएको गितको भिडियोलाई शिब दर्शन फिल्मस प्रा.लि.ले बजारमा ल्याएको हो ।