कोरोनाबाट मृत्युु र संक्रमित हुनेको संख्या कति पुग्यो ? (अपडेट बिहान ११ बजेको)


बैशाख २२, काठमाडौं । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिट -१९) को कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या २ लाख २८ हजार ३ सय २ रहेको छ । यो अवडेट बैशाख २२ गते नेपाली समय अनुसार अहिले बिहान ११ बजेको हो ।

त्यस्तै संक्रमितको संख्या ३५ लाख ६६ हजार ५ सय ४२ रहेको विश्व स्वास्थ संगठनले जनाएको छ ।
संक्रमित मध्य निको भएर घर फर्किनेको संख्या ११ लाख ५४ हजार ५ सय  ५० रहेको छ ।

यता नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । हिजो वीरगन्जमा १ जना र नेपालगन्ज १५ जना नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ७५ पुगेको हो । नेपालमा निको हुनेको संख्या १६ जना यथावत नै रहेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार