लकडाउनमा कस्ताे छ टीका सानुको दैनिकी ?


टीका सानु अहिलेकी चर्चित लोकदोहोरी गायीका हुन् । छोटो समयमा धेरै दर्शक श्रोताको मन जितेर राष्ट्रिय स्तरमा ख्याती कमाएकी टीका गायनमा स्वर जस्तै दोहोरीमा पनि उत्तीकै शब्द जुराउनमा प्रखर छिन् ।

उसो त टीकाको संगीत क्षेत्रमा धेरै लामो मेहनत र समय खर्चिएको छ तर उनले मेहनतको फल छोटै समयमा पाएजस्तो देखिन्छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ गहतेरामा जन्मिएकी टीका सानू ४ दिदी बहिनी मध्य माइली छोरी हुन् ।

अहिलेको सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणीले चिनाएका कैयौं कलाकारहरु मध्य टीका सानु पनि एक हुन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भएको लकडाउनको कारण कलाकारहरुको जीवनमा पनि धेरै असर परेको छ । कालाकारीताको लागि राजधानी काठमाडौं पुगेका कलाकारहरु प्राय गृहजिल्ला फर्केका छन् । टीका सानु पनि अहिले गृह जिल्ला दाङ आफ्नै घरमा छिन् ।

उनको अहिलेको दैनिकी बिहान उठ्ने, मुख धुने, ब्रस गर्ने, धारामा पानी भर्ने, खाना बनाउने, खाना खाएर भाँडा माझ्ने, घर सफा गर्ने, जस्ता कामहरुमा बितेको छ त्यस बाहेक कुनै सहयोगी कामहरुमा घर बाहिर जाने काम पनि टीकाका हुने गरेको छ ।

कर्मथलो काठमाडौं बस्दा यसरी लामोसमय सम्म घरमा बसेको अहलिे पहिलोपटक भएको टीका सानुको भनाई छ । काठमाडौंमा हुँदा धेरै गीत संगीतको काम हुने गरेकोमा अहिले घरमा सांगीतिक काम हुन नसकोको टीकाले बताइन् । बरु अहिले आफु घरका अन्उ कामहरुमा व्यस्त भएको उनको भनाई छ ।

लकडाउनले अहिले आफ्नो जीवनमा धेरै असर परेको उनले बताइन् । विदेशमा टीकाको सहभागीतामा विदेशमा हुन लागेका १० वटा भन्दा बढी कार्यक्रमहरु बन्द भएका छन् । त्यस्तै विभिन्न सामाजिक काममा सकृय हुँदै गएकी टीकाले लकडाउनले गर्दा ती सहयोगी कामहरु समेत सोचेको जस्तो गर्न पाएकी छैनन् ।

तरपनि यो बिपतको बेला इन्द्रेणी मार्फत व्यक्तीगत तर्फबाट धेरै लाई सक्दो सहयोग गरेको उनले बताइन् । अब लकडाउन पछि आफ्नो गीतसंगीतको यात्रा अझै मेहेनत र सृजनात्मक हुने उनले बताइन् ।

साथै यो विश्व महामारीको रुपमा फैलिएको कोरना भाईरस बाट त्रसित नभैइ सबै जना सजक हुन र सबैलाई आ-आफ्नो ठाउँमा सुरक्षीत रहेर आफू पनि बच्ने र अरुलाई पनि बचाउने हिसाबले  लकडाउनको पुर्ण पालना गर्न पनि अनुरोध गरेकी छिन्।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार