तुलसीपुर ६ निवासी रेग्मीले विपन्न वर्गको निम्ति आर्थिक सहयोग


चेतन रेग्मी दाङ,२३ बैशाख ।लकडाउनको समयमा तुलसिपुर उपमहानगरपालिकाभित्र छाक बस्ने अवस्थामा पुगेका नागरिकहरुलागि तुलसीपुर ६ कि रमादेबि रेग्मिले नगद एक लाख एघार  हजार एक सय एघार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको छ ।

रेग्मिले तुल्सिपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख नबराज लामिछानेलाई मङलबार सो रकम हस्तान्तरण गर्नुभएको हो । कोभिड-१९ का कारण दैनिक ज्यालादारी गरेर खाने वर्गलाई समस्या नहोस भनेर आफुले सहयोग गरेको रेग्मिले बताउनुभयो ।

कोरोना संक्रमणको महामारिबाट बच्न सबैले सतर्कता अपनाउनु पर्ने उल्लेख गर्दै कार्यबाहक नगर प्रमुख लामिछानेले संकटको समयमा रेग्मिले गरेको सहयोगले धेरै परिवार लाभान्वित हुने भन्दै धन्याबाद दिनुभयो ।

सहकार्यबाटै नागरिकहरुलाई रोग तथा भोकबाट सुरक्षित गराउनु सबैको दायित्व भएको उहाँको भनाई छ । नगरपालिकाले जथाभावी राहत वितरणमा रोक लगाउदै एकद्दर प्रणालीबाट राहत बितरण गर्दै आइरहेको छ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार