पूर्ण के.सी. बैशाख २३, दाङ । चट्याङ लाग्दा दाङमा एक घरमा आगलागी भएको छ । आज बिहान परेको चट्याङले घोराही उपमहानगरपालिका वडा नम्बर ११ पलासपुर निवासी ३८ बर्षीय द्रोर्ण घर्तीको घरमा आगलागी भएको हो । आगोले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
विहान साढे ११ बजेतिर चट्याङ पर्दा लागेको आगोले घरमा भएको अन्तपात, लत्ताकपडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
घरमा लागेको आगो स्थानीय र प्रहरी प्रशासनको सक्रियातामा साढे १२ बजेतिर नियन्त्रणमा लिइएको छ । आगलागीबाट चार लाखको क्षति भएको छ ।