सल्यानमा चट्याङ लागेर एक वालिकाको मृत्यु, ५ जना घाइते


बैशाख २३,सल्यान । चट्याङ्ग लागेर सल्यानमा एक वालिकाको ज्यान गएको छ ।
जिल्लाको कुमाख गाउँपालिका वडा ३ चिनाली की ६ वर्षिय हिमानी रानाको ज्यान गएको हो ।

कुमाख गाउँपालिका वडा नम्वर ३ का वडा सदस्य ३६ वर्षिय अतिराम रानाकी ६ वर्षिया छोरी हिमानी रानाको आज विहान सवा १० वजे परेको चट्याङ्ग लाग्दा ज्यान गएको छ भने पाँच जना घाईते भएका छन् ।

चट्याङ्ग लागेर गम्भिर भएकी रानाको उपचारका लागि जिल्ला अस्पताल उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चट्याङ्गलागेर कुमाख गाउँपालिका वडा नम्वर ३ का सदस्य २६ वर्षिय अतिराम राना, ३० वर्षिया दिपा राना, छोरा ८ वर्षका ८ वर्षिय यमराज राना, २६ वर्षिय भाई टेकवहादुर राना, र भतिजो २३ वर्षिय रणसिह राना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानकका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन।

घाईते सवैको उपचार जिल्ला अस्पताल सल्यानमा भैरहेको छ । उपचाररत सबै घाइते बिरामीहरूको अवस्था सामान्य रहेको बताईएको छ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार